मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ पौष १४ शनिबार १६:२२:००
Read Time : < 1 मिनेट
विश्व

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष १४ शनिबार १६:२२:००

फिलिपिन्समा ६.९ म्याग्निच्युडकाे भुकम्प गएकाे छ । भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकी देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । उक्त भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी इलाकाकाे ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएकाे  छ । छिमेकी देश इन्डोनेसियामा ज्वालामूखी विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो । 

यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । फिलिपिन्सकाे सरकारले सर्वसाधारणलार्इ समूद्र र तटीय क्षेत्रमा नजान सतर्क गराएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति न्युन भएकाे जनाइएकाे छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखखी विस्फोटको घटना बराम्बर हुने गरेकाे छ ।