मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ पौष १४ शनिबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार

पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष १४ शनिबार १५:२९:००

म्याग्दीको रघुगङ्गा गाउँपालिका, ३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर पशु पालन गर्दै आएकी छन् । स्वदेशमा नै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यावसायिक पशुपालनमा लागेकी ३१ उनले ‘समिर पुशपक्षीपालन केन्द्र’ स्थापना गरी वार्षिक १२ लाख आम्दानी गर्दै आएकी छन् ।

‘२०६७ सालदेखि व्यवसायिक पशुपालन सुरु गरेँ, सुरुमा पुँजी थिएन, कुखुरापालन थालेँ, त्यसबाट हुने आम्दानीलाई लगानी गर्दै जाँदा व्यवसायलाई विस्तार गर्न सकेँ”, भण्डारीले भने । अहिले फर्ममा २० लाख बढी लगानी भइसकेको उनको भनाइ छ । सुरुमा १६ वटा कुखुराबाट सुरु गरेको व्यवसाय अहिले बढेकाे हाे । सडक छेउमै व्यवसाय गर्दै आएकी उनले यातायातको पहुँच भएकाले  सहज भएको बताइन् ।

कुखुरापालनको लागि पाँच वटा खोर निर्माण गरिएकाे छ । कुखुराबाट महिनामा एक लाख आम्दानी हुने उनको अनुभव छ । कुखुरासँगै बाख्रापालनसमेत गर्दै आएकी उनको फर्ममा अहिले ९३ वटा बाख्रा छन् । वार्षिक २० वटासम्म खसी, बोका बिक्री हुने गरेकाे छ ।

त्यस्तै, उनले व्यावसायिक रुपमै भैँसीपालन समेत गर्दै आएकी छन् । 'एउटै व्यवसायबाट लगानी उठाउन कठिन हुने भएपछि व्यवसायको क्षेत्र फराकिलो बनाएको हुँ, आम्दानीभन्दा  व्यवसायबाट पाएको उपलब्धिबाट सन्तुष्ट छु', उनी भन्छिन्, 'दुई छोराको पढाइ र घरखर्च चलाएर वार्षिक आठ लाख बढी आम्दानी गर्छु ।' 

व्यावसायिक सफलतामा बुबा रेशमबहादुर र आमा हरिकुमारीको साथले आत्मबल मिलेको भण्डारीकाे भनाई छ । युवा महिला उद्यमी उनले गरेको पशुपालन नमूना रहेको रघुगङ्गा गाउँपालिका, ३ का वडाध्यक्ष जीवन मल्ल बताउछन् ।