१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार

तालिमका लागि आएको एक लाखबाट ३५ हजार घुस लिने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १८:४१:००

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले साेमबार रङ्गेहात पक्राउ गरेको छ । स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा कार्यकक्षमै घुस लिँदै गर्दा बिहान ११ बजे अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा राखिने र मंगलबार थप अनुसन्धानका लागि काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पठाइने कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । विद्युत् जडानसम्बन्धित तालिम कार्यक्रमका लागि आएको एक लाख बजेटबाट ३५ हजार घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ परेका दुवै जनालाई भ्रष्टाचारसम्बन्धी मुद्दा चलाइने ढकालले बताए ।