मुख्य समाचार
नेकपाको स्थायी समिति बैठक ५ महिनापछि बस्दै
Read Time : < 1 मिनेट
२०७५ मङ्सिर २८ शुक्रबार २०:५१:००
नेकपाको स्थायी समिति बैठक ५ महिनापछि शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । नेकपाको गत २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ । उनले एकीकरण बाँकी कामसँगै अन्य थाती रहेका एजेण्डाहरुमा छलफल हुने बताए ।