१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फ्रेन्च कट ‘सिग्नेचर स्टाइल’: कुमार कट्टेल ‘जिग्री’, कलाकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार ११:२३:००

मलाई दाह्रीजुँगा पाल्न मनपर्छ । त्यसैले मैले करिब १५ वर्षदेखि निरन्तर दाह्रीजुँगा पाल्दै आएको छु । त्यसो त फ्रेन्च कट मेरो ‘सिग्नेचर स्टाइल’ हो । तर, अहिलेचाहिँ फरक स्टाइल दिऊँ न त भनेर नयाँ तरिका अपनाएको हुँ । योचाहिँ मुस्लिम समुदायका साथीहरूको जस्तो स्टाइल छ । यसमा फरकचाहिँ जुँगा पनि पालेको छु । 
नयाँ स्टाइलमा काट्नुअघि सैलनुमा पनि ‘मेरो अनुहारमा कस्तो स्टाइलको दाह्रीजुँगा पाल्दा सुहाउँछ’ भनेर सोध्ने गरेको छु ।

साथीभाइलाई पनि सोध्ने गर्छु । आफूलाई त सुहाएकै देख्छु, तर साथीभाइको सल्लाह लिँदा थप राम्रो होला भन्ने सोच्छु । सबैले दिएको सल्लाहअनुसार आफ्नो अनुहारलाई सुहाउने गरी दाह्रीजुँगाको स्टाइल बनाउँछु । यो लुक्सले मेरो क्यारेक्टर ‘जिग्री’लाई पनि न्याय गरेको छ । अझ झ्याप्प नभएर चाहिँ आफूलाई मन परेको छैन । एकदम पातलो छ । पातलो भएकैले कुनै मेचीतिर त कुनै महाकालीतिर फर्किएको छ । बीच–बीचमा खाली पनि छ । 

मेरो दाह्रीजुँगा हेरेर कत्ति फ्यानहरूले पनि मेरोजस्तै बनाउन खोजेको प्रतिक्रिया दिने गर्नुभएको छ । फोटाहरू पठाएर ‘तपाईंको  जस्तो भयो कि भएन’ भनेर सोध्नुहुन्छ । उहाँहरूका यस्ता प्रतिक्रियाले बढो रमाइलो बनाउँछ । र, दाह्रीजुँगाले सुहाएको रहेछ भनेर खुसी लाग्छ । केही समयपछि अरू स्टाइल बनाउँछु । तर, सफाचट पारेरचाहिँ काट्दिनँ । दाह्रीजुँगा सफाचट काटेँ भने त म आफूले आफैँलाई पनि चिन्दिनँ कि भन्ने लाग्छ । किनभने, धेरै वर्ष भयो सफाचट नकाटेको । पछि, क्यारेक्टरका लागि भने काट्न सक्छु । अहिले काट्ने सोचमा छैन ।