Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार १०:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

'एउटीलाई मुटुमा घर' बोलको गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १४ शनिबार १०:२५:००

प्रेम कथानक फिल्म जानी–नजानीमा समावेश एउटीलाई मुटुमा घर बोलको गीत सार्वजनिक गरिएको छ । रोशनी केसीले निर्माण गरेको जानी–नजानी १ चैतमा प्रदर्शन हुँदै छ । 

वसन्त अधिकारीको डेब्यु निर्देशन रहेको फिल्मको सो गीत अर्जुन पोखरेल र दुर्गा खरेलले गाएका हुन् । अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियोमा मनीषसुन्दर श्रेष्ठ, सुमी मोक्तानलगायतको कोरस डान्स छ ।

फिल्मबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्मात्री रोशनीले आफू जानी नजानीबाट निकै आशावादी रहेको बताइन् । फिल्मका लेखक सामीप्यराज तिमिल्सिनाले निकै मीठो प्रेमकथा रहेको बताए । उनले प्रेम मन पराउने सबैलाई जानी–नजानी मन पर्ने दाबी गरे ।

यही फिल्मबाट डेब्यु गरेकी नवनायिका निरिसा बस्नेतले आफ्नो डेब्यु सफल हुने विश्वास व्यक्त गरिन् । पुराना अभिनेता एवं निर्देशक विश्व बस्नेतकी छोरी निरिसाले स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताइन् । 

अभिनेता मनीषसुन्दर र सन्नी सिंहले पनि जानी–नजानीले आफूहरूको करिअर नौलो उचाइमा पुर्‍याउने आशा व्यक्त गरे । फिल्ममा मनीषसुन्दर, निरिसा, सन्नीका साथमा नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जनलगायतले अभिनय गरेका छन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मको निर्मातामा मोदनाथ खनाल र सागरकाजी माली छन् ।