मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ जेठ १० शुक्रबार २०:५०:००
Read Time : < 1 मिनेट
समाचार

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ १० शुक्रबार २०:५०:००

ठगी मुद्दामा फरार उदयपुरको हडिया घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरीलाई पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतको २०६९ साल कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक्राउ गरेको हो । 

विसं २०६६ देखि काठमाडौंको वनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखका रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष २०६७/६८ मा पटक-पटक गरी संस्थाकाे रकम बैंकमा जम्मा गरेको भनी नक्कली बनाइ रकम ठगी गरेका थिए ।

पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि शुक्रबार कारागार कार्यालय झुम्का पठाएको ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।