१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार २०:०३:००
Read Time : < 1 मिनेट
विश्व

आगोलागी हुँदा १५ विद्यार्थीको मृत्यु, प्रधानमन्त्री माेदीद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार २०:०३:००

भारतको गुजरात शहरको एक कम्प्लेक्स भवनमा आगोलागी हुँदा १५ जना विद्यार्थीसहित १९ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ तक्षशिला कम्प्लेक्सको दोस्रो तलामा आगो हुँदा उनीहरुको मृत्यु भएको हो । उनीहरु ट्युसन कक्षामा अध्ययन गर्दै गरेको समाचार जनाएको छ । 

आगोलागी भएपछि केही विद्यार्थी ज्यान जोगाउनका लागि तेस्रो र चौथो तलामा गएका थिए । त्यसबीच केही विद्यार्थी आगोमा फसेको समाचार जनाएको छ । 

आगो लागेपछि भागदौड हुँदा चार जना विद्यार्थीको मृत्यु भएको थियो । आगोलागी नियन्त्रणमा दमकललगायत खटिएका छन् । आगोलागीमा मृत्यु भएका विद्यार्थीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । एजेन्सी