मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार

युवा स्काउट सम्मेलन नेपालमा, १३ देश सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १९:४३:००

युवा स्काउटहरुको राष्ट्रिय सम्मेलन १७ जेठदेखि २१ सम्म गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलनमा १६ देखि २५ वर्ष उमेर समुहका युवा स्काउटहरुको सहभागिता रहने नेपाल स्काउटको तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक एवम् संवेगात्मक पक्षहरुको समानुपातिक विकास गराई असल र चरित्रवान नागरिक बनाउन सहयोग पु-याउने सम्मेलनको लक्ष्य छ । 

सम्मेलनमा ७५३ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी नेपालका करिब ४ हजार ५ सयसहित भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १३ देशका युवा स्काउटहरु सहभागी हुनेछन् । सम्मेलनमा साहसिक गतिविधिसँगै विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रेरणादायी कक्षाहरु सञ्चालन हुने संयोजक भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

लेकसाइडमा हुने कार्यक्रममा नेपाल स्काउटका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, विश्व स्काउटका महासचिव अहमद राफी मोहम्मद अल्हेन्दावी, एसिया प्रशान्त सहयोग समिति क्षेत्रका रिजनल डाइरेक्टर जोसे रिजाल सि पाङ्गिलिनान, भारत स्काउट एण्ड गाइडका प्रमुख आयुक्त डा.के. के. खाण्डैलवाल, बंगलादेश स्काउटका प्रमुख आयुक्त डा. एम्डि मोजामेल हकिउ खान लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।