Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार

एक महिलासँग अमेजनका मालिक बेजोसले मागे माफी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १९:२८:००

विश्वको सबैभन्दा ठुलो कम्पनी अमेजनको बैकठमा एक रोचक घटना भएको छ । शेयर धनीबीच बैठक हुँदै गर्दा एक शेयर धनी महिलाले कम्पनीका मालिक जेफ बेजोसलाई भेटे । भेटसँगै उनले अमेजनको विरोध गरिन् । र आफूले किनेको सामान बेजोसलाई फिर्ता गरिन् ।

अमेजनका शेयर धनीले नै कम्पनीको विरोध गरेपछि उपस्थित सबै चकित भए । यसैबीच महिलाले अमेजनका मालिक बेजोसलाई सामान महँगो भएको आरोप लगाइन् । ती महिलाले अमेजनबाट किनेको सामान महँगो भएको भन्दै फिर्ता गरेकी हुन् । 

बेजोसलाई सामान फिर्ता गरेपछि महिलाले भनेकी छन्, ‘मैले धेरै पटक सामान फिर्ता गर्न चाहेँ, तर उचित समय पाइन् । यो मौका राम्रो भएकाले मैले बेजोसलाई नै भेटेर सामान फिर्ता गरेकी हुँ ।’ महिलाले समान फिर्ता गरेपछि अमेजनका मालिक बेजोसले माफी मागेका छन् । एजेन्सी