१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १८:०८:००
Read Time : < 1 मिनेट
विश्व

दाइजो लिन नमान्ने बेहुलालाई एक लाखको किताब उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १८:०८:००

भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा रहेको छ । मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार आइरहन्छ । तर, पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ पढाएका छन् । 

३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो निर्णयबाट विचलित भएनन् । दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको यो निर्णयलाई बेहुली पक्षले स्वीकार गरेपछि विवाह निश्चित भयो । 

जब उनी जन्ती लिएर बेहुली लिन पुगे तब युवा आश्चर्यमा परे । त्यहाँ उनकी हुनेवाला श्रीमतीले श्रीमानका लागि खास उपहार लिएर उपस्थित भइन् । बेहुलीले त्यो दाइजो नभएर उपहार भन्दै दुलाहलाई स्वीकार गर्न बाध्य पारिन् । वास्तवमा त्यो उपहारमा अरु केही नभएर एक हजार वटा किताब थियाे । जसको मूल्य एक लाख भारतीय रुपैयाँ पर्ने समाचारमा उल्लेख छ । एजेन्सी