मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १० शुक्रबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अदालतका कर्मचारी कार्यालयमा मृत भेटिए

Read Time : < 1 मिनेट
२०७६ जेठ १० शुक्रबार १७:३८:००

जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए । 

अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका हुन् । अदालतको कर्मचारी आवास गृहमा शुक्रबार अपहन्न दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मुटुको समस्यामा रहेका दाहालको मादक पदार्थ सेवनले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान गरेकाे छ । आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाउने प्रहरी निरीक्षण श्रेष्ठले बताए । घटनाका विषयमा थप अनुन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।