एनआइसी एसिया बैंक लिमिटेड र नोबेल हस्पिटलबीच सहकार्यसम्बन्धी सहमति भएको छ । सहमतिसँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहकलगायत बैंकका सम्पूर्ण ग्राहकले नोबेल हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र नोबेल अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।