मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १५:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालले आर्थिक विकासकाे लागि पूर्वाधार विकासमा जोड दिएको छ : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १५:४९:००

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली उत्पादनले मात्रै धान्ने अवस्था नरहेकोले आयातमा अझै जोड दिनु परेको बताए । 

उनले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन् । उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने बताए ।

विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तराष्ट्रिय बजारमा आफ्नो तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारीकरण गर्नुपर्नेमा पनि जोड दिए । उनले दक्षिण एशीयामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क राखे ।

अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको बताए । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढदै गएको उल्लेख गरिएको छ ।