मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार २०:५५:००
Read Time : < 1 मिनेट
प्रवास

अनेसासका निवर्तमान अध्यक्ष विश्वकर्माको कथासंग्रह ‘तमसुक’ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार २०:५५:००

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्य वाचनालय कतारको संयुक्त आयोजनामा दोहामा एक कार्यक्रम गरी अनेसासका निवर्तमान अध्यक्ष पदम विश्वकर्माद्वारा लिखित कथा संग्रह ‘तमसुक’ कृति विमोचन गरिएको छ । 

उक्त संग्रह अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नेपाल पत्रकार महाससंघ कतार शाखाका अध्यक्ष करिम बक मिया, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेल लगायतले विमोचन गरेका थिए ।

कार्यक्रममा कतारमा स्थापित एक दर्जन साहित्यकारहरूले अफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले तमसुक शब्द सुन्दा बाध्यताको भारी जस्तो लागे पनि नेपालीहरूले भोगको शब्द र विषय भएको हुँदा कथा संग्रह जनमानससँग नजिक रहेको आफूहरूले महसुस गरेको बताए । लेखक विश्वकर्माले विदेश यात्रामा ट्रान्जिट परेको बेला पुस्तक विमोचन गर्न पाउनु आफ्नो लागि जीवनको ठूलो उपलब्धि रहेको र सामान्य लाग्ने तर अति संवेदनशील विषयहरू कथा संग्रहमा समेटिएको हुनाले सबैको मन जित्नेमा आफू आसावादी रहेको बताए ।

पत्रकारिता, साहित्य र कला एक अर्काको परिपूरक रहेको हुँदा यस्ता खाले कार्यक्रमले आफूलाई छुट्टै ऊर्जा मिल्ने गरेको प्रमुख अतिथि मियाले बताए ।