Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ जेठ ८ बुधबार १६:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

रारा तालमा दौड प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७६ जेठ ८ बुधबार १६:२९:००

नेपाली सेनाले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रथम रारा ट्रेल रन प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका–३ लुम गाउँका २८ वर्षीय दुर्गबहादुर बुढा प्रथम भएका छन् ।  

जैविक विविधता दिवसको अवसर पारेर बुधबार नेपाली सेनाले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रथम रारा ट्रेल रन प्रतियोगितामा दुर्गबहादुर बुढा प्रथम भएका छन् । रारा तालको वरिपरि १५ किलोमिटर दुरीमा दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम भएका बुढाले एक लाख नगद पुरस्कार सहित ट्रफी पाएका छन् । दोस्रो भएका धीर बहादुर बुढाले ६० हजार नगद सहित ट्रफी पाएका छन् । 

तेस्रो भएका नेपाली सेनाका नवराज सावतले ४० हजार नगद र ट्रफी जितेका छन् । चौथोमा नेपाली सेनाकै भीमबहादुर गुरुङ र प्रकाश कठायतले पाँचौ भए । चौथो र पाचौँ हुनेले क्रमश १५ हजार र दश हजार नगद तथा ट्रफी पाए ।

प्रतियोेगितामा नेपाली सेनाका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्णाली प्रदेशभरीका एक सय ३० जना खेलाडी सहभागिता थिए ।