१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १४:१६:००
Read Time : < 1 मिनेट
खेलकुद

क्यारेबियन प्रिमियर लिगको ‘ड्राफ्ट’ आज, चार नेपाली खेलाडीमध्ये क–कसले पाउलान् अवसर ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १४:१६:००

क्यारेबियन प्रिमियर लिगको ‘ड्राफ्ट’ आज लन्डनमा हुँदैछ । ‘ड्राफ्ट’को सूचीमा सन्दीप लामिछानेसहित चार खेलाडी समावेश छन् ।

गतसाल लिगमा राम्रो प्रदर्शन गरेका आइपिएल तथा बिगबास लिगको समेत अनुभव संगालेका लामिछाने यसवर्ष पनि दोहोरिन सक्छन् । सूचीमा रहेका रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीका लागि आजको ‘ड्राफ्ट’ महत्वपूर्ण छ । यदी उनीहरुलाई कुनै क्लबले समावेश गरेमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेल्ने उनीहरुको पहिलो अवसर हुने छ । साथै, अनुभवि र विश्वचर्चित खेलाडीसँगको क्रिकेट अनुभव लिने अवसर पाउनेछन् ।

यो लिगमा छनोट भएर आफ्नो प्रतिभा देखाउन सके भने उनीहरुका लागि अन्य फेन्चाइज क्रिकेटको ढोकासमेत खुल्ने छ । 
सेप्टेम्बर ४बाट वेष्ट इन्डिजमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । ५३६ खेलाडी ‘ड्राफ्ट’मा सूचीकृत भएका छन् ।