मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ

श्रम–सम्बन्धमा सुधार आएको छ : अध्यक्ष राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार ०७:५६:००

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)की सहायक महानिर्देशक एवं एसिया प्रशान्त क्षेत्रीय निर्देशक तोमोको निसिमोतोले मंगलबार भेटवार्ता गरेकी छिन् । भेटमा महासंघकी अध्यक्ष राणाले क्षेत्रीय निर्देशक निसिमोतोलाई श्रम–सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराइन् ।

नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको बताउँदै अध्यक्ष राणाले महासंघले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सरकार र ट्रेड युनियनसँगको सहकार्यलाई महत्व दिएको बताइन् ।

उक्त भेटवार्तामा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता परिषद्ले आइएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे जानकारी दिए । उनले सबै प्रदेशमा श्रमसम्बन्धी थप कार्यक्रमका लागि कार्यालयको क्षमता विकास सहयोग गर्न आइएलओको सहयोग महत्वपूर्ण हुने बताए ।

सो अवसरमा सहायक महानिर्देशक निसिमोतोले नेपालको श्रम–सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भइरहेका प्रयासबारे जिज्ञासा राखेका थिए । साथै श्रमबजारको आवश्यकताअनुसार व्यावसायिक सीप र ज्ञान भएको जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने उनको सुझाब थियो ।