१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ पौष १३ शुक्रबार १९:४७:००
Read Time : < 1 मिनेट
विश्व

बंगलादेशमा हुने निर्वाचनका लागि माैन अवधि सुरू 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष १३ शुक्रबार १९:४७:००

बंगलादेशमा अाइतबार हुने निर्वाचनका लागि माैन अवधि सुरू भएकाे छ । निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गरेकी छन् भने विपक्षीहरुले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् । 

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफू विरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छन् भने विपक्षीहरूकाे उनले राज्य आतङ्क मच्चाएको दाबी छ । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन् ।  ७३ वर्षीय जिया दिवंगत पूर्वसैनिक तानाशाहकी श्रीमती हुन् भने प्रधानमन्त्री हसिनाका बुवा बंगलादेशका संस्थापक नेता हुन् ।  

दुवै नेतृ सन् १९८० को दशकदेखि राजनीतिमा सक्रिय छन् । सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई नेतृबीच चरम कटुता उत्पन्न भयो । निर्वाचनको पुर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएका छन् ।