मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार २०:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

परिवारमा नाै जनाकाे हत्या हुँदा भागेर बाँचेकी बालिकाकाे उपचार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार २०:३१:००

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या घटनामा भागेर बाँच्न सफल भएकी १२ वर्षीय सीता खजुमको उपचार सुरु भएकाे छ । उनकाे दमक अस्पतालमा उपचार सुरु भएकाे हाे ।

सीतालाई म‌ंगलबार अपराह्न दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनकाे हात भाँचिएको र हाल उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

घाइते सीताले स्थानीयवासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेका थिए । उनकाे अवस्था विक्षिप्त रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाइ गरेको छ ।