Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सराेज शर्मा
२०७६ जेठ ७ मंगलबार १७:५९:००
Read Time : < 1 मिनेट
समाचार

हत्याकाे आशंका गरिएकाे माखिमको शव धरान लैजाँदै  

Read Time : < 1 मिनेट
सराेज शर्मा
२०७६ जेठ ७ मंगलबार १७:५९:००

पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ मा नौ जनाको सामुहिक हत्या गरी आत्महत्या गरेको आशंका गरिएकाे मनबहादुर माखिमको शव सुनसरी धरानस्थित घोपा क्याम्प अस्पतालमा लगिएको छ । उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र रगत लागेको कपडा फेला परेसँगै नौ जनाको हत्या गर्ने माखिम नै भएकाे प्रहरीले अनुमान गरेको छ । नाै वटा शवलाई मंगलबार साँझ मात्रै उठाउने डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने, 'यो राष्ट्रिय स्तरको घटना भएको हुँदा शव उठाउन ढिला भयो ।'

मंगलबार साँझसम्म घटना स्थलमा सिआइबी, प्रदेश तथा जिल्ला प्रहरीबाट खटिएका अनुसन्धान टोली पुगेका छन् । उनीहरूले सबै शव धरान अस्पतालमा लैजाने जनाएको छ ।