मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि सेवा आयोगकाे नतिजा खारेज गर्न माग गर्दै विद्यार्थीद्वारा अनसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १९:५१:००

त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अनियमित ढंगले पदाधिकारीका नातेदारको नाम निकालेको भन्दै विरोध गरिरहेको अखिल (क्रान्तिकारी)ले सोमबारदेखि अनशन सुरू गरेकाे छ । कीर्तिपुरस्थित आयोगको कार्यलयभित्र माैखिक परीक्षा जारी हुँदै गर्दा क्रान्तिकारीका विद्यार्थी नेताहरूले रिले अनशन गरेकाे हाे ।

अनसनमा विद्यार्थी नेताहरु शिलु न्यौपाने, महेश श्रेष्ठ, सूर्य कार्की, जितेन्द्र लम्साल, कुमार बर्तौला, शोभा सेन्चुरी र संर्घष दाहाललगायत रहेका छन् । आयोग परिसरमा विराेध गर्दै अाएका नेताहरूले सोमबारदेखि अनसन सुरु गरेको हो । उनीहरुले त्रिवि शिक्षा आयोगका भ्रष्ट पदाधिकारीलाई कारवाही र अवैधानिक रुपमा प्रकाशित कर्माचारीको नतिजा खारेज गर्न माग राख्दै अाएका छन् ।

अख्तियारले नतिजाकाे विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने आयोगका अध्यक्ष चैतन्य शर्माले बताए । परीक्षामा अनियमितता भएको विषयमा मुद्दा परेपछि अख्तियारले आयोगकाे कागजत नियन्त्रणमा लिइसकेको छ । 

अवैधानिक ढंगले त्रिविका नेता तथा पदाधिकारीका नातेदारलाई जागिर दिन प्रकाशित गरेको नतिजा खारेजी नभएसम्म रिले अनशन नरोकिने क्रान्तिकारीका केन्द्रीय सदस्य संघर्ष दाहालले नयाँ पत्रिकालाई जानकारी दिए । ‘विद्यार्थीहरु त्रिविबाट डिग्री लिएर खाडी मुलुक जानुपर्ने, पदाधिकारी र नेताका आफन्तले चोर बाटोबाट जागिर पाउनुपर्ने विषय स्वीकार्य हुँदैन’ उनले भने ।