मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ६ सोमबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

मिडिया विधेयकबारे पार्टीमा छलफल भएको छैन : नेता नेपाल

Read Time : < 1 मिनेट
२०७६ जेठ ६ सोमबार १८:३१:००

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको बताएका छन् । 

प्रेस संगठनले दाङमा सोमबार गरेको पत्रकार भेटमा उनले महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल नगर्ने परिपाटी गलत भएको बताए । ‘कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गरिएको छैन,’ उनले भने् । पार्टीमा छलफल गर्ने वातावरण नभएकाले धेरै विरोध खेप्नु परेको उनले बताए । 

छलफल गर्ने परिपाटी विकास गरे कुनै पनि समस्यामा सरकार एक्लो नहुने उल्लेख गर्दै उनले भने, ‘पार्टीमा छलफल नै नगरी ल्याउन लागेको विधेयक बारे के भन्ने अन्यौलता छ ।’ सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्न धेरै पटक कुरा उठाए पनि वास्ता नगरेको भन्दै उनले असन्तुष्टि पोखे ।

अर्काे प्रसंगमा उनले बन्दुकको भरमा चन्दा उठाउने र सत्ता चलाउने सपना नदेख्न विप्लव समूहलाई चेतावनी दिएका छन । उनले विप्लव समूहलाई शान्तिनपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

‘बन्दुरको भरमा चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई पनि छैन्,’ उनले भने ‘राज्यलाई कसैले पनि कमजोर ठान्नु हुँदैन, शान्तिपूर्ण राजनीति गरेर जनताको मन जितेर शासन गर्न सकिन्छ ।’