१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७६ जेठ ६ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
विश्व

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ ६ सोमबार १७:२१:००

ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अन्य एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा ६ जना महिला र पाँच पुरुष छन् । 

प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अन्य भने फरार छन् ।

घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।