मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ

सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ०६:२५:००

सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा गत शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मेलाका अवसरमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्नसमेत सकिने बताइएको छ । 

मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट तथा हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको प्रबन्ध निर्देशक संगम राईले बताए । 
सिटिसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल खरिद गर्न सकिन्छ । 

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले जानकारी दिए ।