मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

आफूलाई आलु ठानिन् दिशाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ११:४७:००

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको ‘मेन्टिनेन्स’को समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आफू आलुजस्तो देखिने गरेको बताएकी छिन् । 

पछिल्लो समय आफूले खानपिनमा ध्यान नदिएकाले आलुजस्तो डल्लोडल्लो देखिन लागेको उनको बुझाइ छ । अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा अचेल आफ्नो नयाँ फिल्म मंगलको सुटिङको तयारीमा छिन् । सोही क्रममा उनले डाइट र एक्सरसाइजमा ध्यान दिन नपाएकाले आफूलाई आलुजस्तो भएको महसुस गरेको बताएकी हुन् ।

उनले तीन दिन खानामा चिटिङ गर्नाले आफ्नो यस्तो स्थिति आएको खुलाएकी छिन् । मोहित सुरीको निर्देशनमा बन्ने मंगलमा उनको हिरो आदित्य राय कपुर छन् । उनले मंगलका लागि स्विमिङ ट्रेनिङ लिइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।