मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १०:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

'रातो टीका निधारमा'मा अंकितसँग साम्राज्ञी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १०:५५:००

निर्देशक तथा निर्माता अशोक शर्माले नयाँ फिल्म रातो टीका निधारमा निर्माण गर्ने भएका छन् । झन्डै डेढ दशकको अन्तरालपछि गत वर्ष जय भोले फिल्मबाट निर्देशनमा पुनरागमन गरेका शर्मा सो फिल्मको सफलतापछि हौसिएका हुन् । 

शर्माकै लेखन, निर्माण र निर्देशन रहेको फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो । शर्माले यही फिल्मबाट आफ्ना एकल पुत्र अंकित शर्मालाई हिरोका रूपमा डेब्यु गराएका छन् । फिल्ममा अंकितका साथमा साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, नीता ढुंगाना, खुश्बु खड्का, राजाराम पौडेल, रवीन्द्र झा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नेछन् । 

दसैँमा प्रदर्शन गर्ने लक्ष्य लिइएको फिल्मको सुटिङचाहिँ १० जेठदेखि झापाबाट सुरु गरिने जानकारी निर्देशक शर्माले दिए । किरण शर्मा र कृति शर्मा निर्माता रहेको फिल्मका गीतमा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत छ । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मको गीतको कोरियोग्राफी वसन्त श्रेष्ठले गर्नेछन् । कार्यक्रममा नवनायक अंकितलाई नौलो स्टाइलमा प्रस्तुत गरिएको थियो ।