मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नरजन तामाङ
२०७५ पौष १३ शुक्रबार १३:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातले हुम्लाकाे उडान अवरुद्ध

Read Time : < 1 मिनेट
नरजन तामाङ
२०७५ पौष १३ शुक्रबार १३:२३:००

हवाई सेवा बाहेक यातायातको अन्य कुनै विकल्प नभएको हुम्लामा हिमपातको कारण हवाई सेवा अवरुद्ध भएको छ । हिमपात बिहीबार राति १० बजेदेखि १ बजेसम्म भएको थियो । 

हवाई सेवा अवरुद्ध भएपछि जाडो छल्न नेपालगञ्ज सुर्खेतलगायतका शहर झर्ने गरेका स्थानीयलाई समस्या परेको छ । हिमपातले हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्ज जान नपाएको चंखेली गाउँपालिका ४ का वीरबहादुर रावलले बताए । 
हिमपातले अवरुद्ध भएको सिमकोट विमानस्थलमा हिउँ जमेको थियो ।