मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार १४:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघको प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७६ जेठ ३ शुक्रबार १४:१३:००

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै  नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको संसद भवन बाहिर वानेश्वरमा विरोध प्रदर्शन गरेको छ । 

पहिलो चरणको आन्दोलन अन्तर्गत संचार सामग्रीसहित पत्रकार आन्दोलनमा उत्रिएका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो । 

नेपालको संविधानसँग बाझिने गरी ल्याउन थालेको विधेयकको संचार सम्बद्ध संस्थाले विरोध गर्दै आएका छन् । महासंघले पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघको आव्हानमा ७७ जिल्लामै पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।