
डगलस बेडर रोयल एयर फोर्समा पाइलट थिए । सन् १०३१ मा हावामा आफ्नो विमानलाई कावा खुवाउँदै गर्दा त्यो दुर्घटनाग्रस्त भयो । उसका दुवै खुट्टा काटिए । एउटा घुँडामाथि र अर्को घुँडामुनि । बिस्तारै जब बेडरको अवस्थामा सुधार भइरहेको थियो, तब उनको एक युवतीसित प्रेम हुन पुग्यो । उनले तिनै युवतीसित विवाह गरे । पूर्णतः ठीक भएपछि उनले नक्कली खुट्टा लगाएर फ्लाइट टेस्ट पास गरेर देखाए । तर, उनलाई उनको इच्छाविपरीत फोर्सबाट रिटायर गराइयो ।
सन् १९३९ मा द्वितीय विश्वयुद्ध सुरुवात भएपछि उनलाई फोर्समा पुनः पाइलटका रूपमा सामेल गरियो । उनी नक्कली खुट्टा लगाएर लडाकु विमान उडाउने इतिहासकै पहिलो पाइलट बने । अघिल्लो वर्ष उनले विरोधीका २६ विमान खसालिदिए । १९४१ मा उनले फ्रान्समा जबर्जस्ती उत्रिनुपर्यो । जर्मन सैनिकले उनलाई पक्रियो । उनी ठीक ढंगले हिँड्न पनि सक्दैनथे । तर, उनले जर्मनीको नियन्त्रणबाट भाग्ने कैयौँ प्रयास गरे । अन्ततः १९४५ मा युद्धको समाप्तिसँगै अमेरिकी सेनाले उनलाई स्वतन्त्र गरायो । डगलसले त्यतिखेरसम्म विमान उडाइरहे, जबसम्म उनको स्वास्थ्यले उनलाई अनुमति दियो । उनलाई डिसेबल्ड समुदायप्रतिको सेवाका लागि ‘नाइट’ उपाधिले सम्मानित गरियो ।
यहाँनिर प्रश्न उठ्छ कि मानिसहरू किन फेल हुन्छन् ? मानिसहरू तब फेल हुन्छन्, जब उनीहरूले प्रयास गर्न छाडिदिन्छन् । जो मानिसका दुवै खुट्टा काटिएका थिए, उनले विमान उडाए, किनकि उनले प्रयास जारी राखे । जो मानिसका खुट्टा काटिएका थिए उनले शत्रुको कब्जाबाट भाग्न कैयौँ उपाय गरे, किनकि उनले प्रयास छाडेनन् । हामी उनको कथा जहिल्यै सम्झिरहनेछौँ, किनकि उनले जहिल्यै प्रयास गरिरहे । मानिस तब फेल हुन्छन्, जब उनीहरूले प्रयास गर्न छाडिदिन्छन् ।