१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार १०:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

सिपिएल ड्राफ्टमा चार नेपाली खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार १०:३१:००

क्यारेबियन प्रिमियर लिग (सिपिएल)को ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् । उनीहरूसहित पाँच सय ३६ खेलाडी समाविष्ट सिपिएलको ड्राफ्ट सार्वजनिक भएको हो । ड्राफ्टमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने, युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र रोहितकुमार पौडेल अटाएका छन् ।

खेलाडी छनोट २२ मेमा लन्डनमा एक कार्यक्रमबीच हुने सिपिएलले जनाएको छ । सन्दीपले गत वर्ष सिपिएलमा डेब्यु गरेका थिए । सन्दीप गत वर्ष प्याट्रियट्समा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । उनले पहिलो सिजनमै पाँच खेलमा सात विकेट लिएका थिए । यसक्रममा उनले एक सय ६ रन खर्चेका थिए । सोमपाल, रोहित र दीपेन्द्र भने पहिलो विदेशी टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा छन् ।

यसपटकको ड्राफ्टमा २० राष्ट्रका पाँच सय ३६ खेलाडी समावेश भएको सिपिएलले जनाएको छ । यसपटक ड्राफ्टमा आन्द्रे रसेल, रसिद खान, जोफ्रा आर्चर, एलेक्स हल्स, सकिब अल हसन, जेपी डुमिनी, सुनिल नारिन, सिमोन हेटमेयर छन् । सिपिएल ११ जुलाईदेखि १६ अगस्टसम्म वेस्टइन्डिजमा हुनेछ ।