मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १८:०१:००
Read Time : < 1 मिनेट
अर्थ

चौथो आइसिटी अवार्डको नोमिनेसन खुला, अनलाइनबाटै आवेदन दिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १८:०१:००

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन १ जेठेदेखि खुला गरिएको छ । चौथो संस्करणका रुपमा आयोजना हुने यस नोमिनेसन २५ जेठसम्म दर्ता गर्न सकिनेछ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २२ साउन ०७६ मा काठमाडौंमा आयोजना हुनेछ । आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ । 

यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । 

यस वर्षको आइसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ । स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको बताइएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी लगइन गर्नुपर्ने आयोजकले जनाएको छ ।