मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ १ बुधबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा यार्साको अवैध चोरी रोक्न गस्ती

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १४:२२:००

डोल्पामा यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न सुरक्षाकर्मी र स्थानीय युवाले सामुहिक गस्ती सुरु गरेका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन समय नजिकिएसँगै अअवैध चोरी निकासी रोक्न गस्ती थालिएको हो ।

अवैध तस्करी रोक्न जिल्लाका बिभिन्न यार्सागुम्बा पाटनहरुमा सयौँको सङ्ख्यामा नेपाली सेना, शसत्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनहरुमा गस्तीकालागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

यार्सागुम्बा संकलनकालागि १३ जेठमा खुलागर्ने निर्णय भएकाले त्यसअघि छिर्नेलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासालगायतका यार्सापाटनमा सेनाले गस्ति गरिरहेको छ । बिभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सापाटनहरुमा पनि सुरक्षा कडा बनाइएको छ । जिल्ला प्रवेशगर्ने यार्सापाटनका नाकाहरुमा समेत विशेष कडाइ गरिएको छ ।

तस्करहरुले समुह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने भएकाले रोक्न २८ बैशाखदेखि सशस्त्र प्रहरीसँग मिलेर गस्ती सुरु गरेको स्थानीय युवा शुशिल बुढाले बताए । तस्करले गोलीसमेत हान्ने भएकाले सुरक्षाकर्मी बोलाएर यार्सापाटनको सुरक्षा गरिएको उनले बताए ।

एक महिनासम्म चल्ने सिजनमा यार्सागुम्बा संकलनकालागि बीसौं हजार सर्वसाधारण पुग्ने गर्छन् ।