मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ जेठ १ बुधबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार

प्रेस स्वतन्त्रता विरोधी विधेयकविरुद्ध कालो पट्टि बाँधेर पत्रकार मैदानमा 

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १३:३९:००

सरकारले संसदमा दर्ता गराएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक खारेज हुनुपर्ने माग गर्दै मोरङमा बुधबार पत्रकारहरु कालोपट्टि बाँधेर कार्यस्थलमा खटिएका छन् । 

विधेयक शंसोधन नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले बताए । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघसंस्थाले विरोध गर्दै आएका छन् ।