मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रा. कृष्ण पोखरेल
२०७६ जेठ १ बुधबार ०७:२५:००
Read Time : > 2 मिनेट
राजनीति

प्रमुख पदका आकांक्षी

तर,महासचिव पद गुमेपछि पोखरेलले राजनीतिक रूपमा असुरक्षित महसुस गरेका छन्

Read Time : > 2 मिनेट
प्रा. कृष्ण पोखरेल
२०७६ जेठ १ बुधबार ०७:२५:००

दुईपटक महासचिव भइसकेको कुनै पनि नेतामा माथिल्लो कार्यकारी पदमा पुग्ने आकांक्षा हुनु अस्वाभाविक होइन । त्यस्तो आकांक्षा पूर्वएमाले महासचिव ईश्वर पोखरेलमा पनि हुन सक्छ । तर, दुई ठूला कम्युनिस्ट पार्टी (एमाले र माओवादी)बीच एकीकरणपछि उहाँको आकांक्षामा चुनौती थपिनु अस्वाभाविक होइन । जस्तो कि, कतिपय  नेताहरूको पद गुमेको छ भने मर्यादाक्रमसमेत तलमाथि भएको छ, प्रतिस्पर्धी थपिएका छन् । 

एउटै पार्टी हुँदा एक–अर्काको सबल–दुर्बल पक्षबारे पूर्वएमालेका शीर्षस्थ नेताहरू अवश्य जानकार थिए । त्यसैमाथि खेलेर कतिपय नेता प्रमुख पदमा पुगेका हुन सक्छन् । तर, एकीकरणपछि त्यस्तो स्थिति रहेन । सबल र दुर्बल पक्ष थाहा नभएको अर्कै पार्टीबाट आएका प्रतिस्पर्धी पनि थपिएका छन् । अर्थात् दुई ठूला पार्टी मिलेर एउटा झन् विशाल पार्टी बन्दा आफूले आँकलन नै नगरेका नयाँ प्रतिस्पर्धी पनि थपिए । यसबाट पोखरेलले स्वभाविक रूपमा ‘राजनीतिक असुरक्षा’ महसुस गरेको हुन सक्छ । एकीकरणको माहौलमा उहाँले नेतृत्वमा दुई अध्यक्षको व्यवस्थाको ठाडो विरोध गर्ने स्थिति थिएन । त्यसैले उहाँले एकल नेतृत्वको पक्षमा धारणा राख्नुभएको हुन सक्छ । 

पोखरेलले दुई अध्यक्ष प्रणालीको कुटनीतिक रूपमा विरोध गर्नुको खास अर्थ थियो– केपी ओलीनिकट विश्वासपात्र र सहयोगी नेताका रूपमा आफूलाई उभ्याउनू । एकीकरणको पूर्वसन्ध्यामा उहाँका अभिव्यक्ति संस्थापननिकट नेताकै रूपमा बाहिर आएको थियो । तर, तिनै अभिव्यक्ति एकीकरण घोषणा हुँदा उहाँलाई महँगो साबित भएको देखिन्छ । किनभने, एकीकरणमा उहाँले पार्टीमा ‘फस्र्ट म्यान’पछिको महŒवपूर्ण भूमिका हुने महासचिव पद गुमाउनुप¥यो । खासमा ओलीलाई अर्को अध्यक्षसँग पनि -यापोट राख्न सक्ने व्यक्ति चाहिएको थियो र त्यो खोजकै क्रममा विष्णु पौडेलजी महासचिव बन्नुभएको हुन सक्छ । 

एकतापछि पद धरापमा पर्ने वा परेका कारणबाट असुरक्षा महसुस गर्नेहरूको आवाजलाई पोखरेलले मुखरित गर्ने सम्भावना पनि प्रबल छ ।

महासचिव पद गुमे पनि ईश्वर पोखरेलले सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउनुपथ्र्यो । उहाँको प्राथमिकता उपप्रधानमन्त्रीसहित अर्थ या परराष्ट्र मन्त्रालय भए पनि रक्षा मन्त्रालयको जिम्मेवारी दिइयो । सुरुमा उपप्रधानमन्त्री बन्ने उहाँको आकांक्षामा पनि ब्रेक लाग्यो । प्रारम्भमा उहाँले चाहेको पद नदिएर ओलीले उहाँको बढ्दो आकांक्षालाई साइज (सही आकार)मा ल्याएको देखिन्छ । यसभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिकालाई पनि नकार्न सकिन्न । एउटा उखान छ– ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार ।’ उपप्रधानमन्त्रीको समेत आकांक्षा राखेका व्यक्तिलाई रक्षा मन्त्रालयको जिम्मेवारी त्यस्तै उखानजस्तो भयो कि ! उपेन्द्र यादवलाई ल्याउनुपर्ने बाध्यताले गर्दा पोखरेलका लागि पनि पछि मात्र उपप्रधानमन्त्री पद सिर्जना गरियो । त्यो निर्णय केवल प्रोटोकल मिलाउने बाध्यात्मक परिस्थितिको उपज थियो भन्न सकिन्छ । 

त्यसो त, एकीकरणपछि पूर्वएमालेमा माथिदेखि तलसम्मका धेरै नेता–कार्यकर्ताले आफूलाई असुरक्षित महसुस गरेका हुन सक्छन् । पूर्वमाओवादी नेताहरू समायोजन हुने क्रममा कतै आफ्नो भाग हरण हुने हो कि भन्ने मनोदशा माथिदेखि तलसम्म हुन सक्छ । पोखरेलका सामाजिक सञ्जालका कतिपय पोस्टदेखि सार्वजनिक अभिव्यक्तिलाई हेर्दा एकातिर अध्यक्ष ओलीप्रतिको निष्ठालाई पुनर्पुष्टि गर्न खोजेको र अर्कोतिर सबै असुरक्षितहरूको ‘सेन्टिमेन्ट क्यास’ गर्न खोजेको जस्तो भान पर्छ ।

दुई स्कुलिङबाट हुर्किएकाहरूबीच विगतमा आरोप–प्रत्यारोपको लामो शृंखला छ । तर, पनि एकीकरणपछि एउटै कमिटीमा काम गर्नुपर्ने वर्तमान र भविष्यको बाध्यता छ । पदहरू सीमित छन्, आकांक्षी बढी छन् । पद धरापमा पर्ने वा परेका कारणबाट असुरक्षा महसुस गर्नेहरूको आवाजलाई ईश्वर पोखरेलले मुखरित गर्ने वा नेतृत्व गर्ने सम्भावना पनि प्रबल छ । यति हुँदाहुँदै पनि अध्यक्ष ओलीले पार्टीभित्रको शक्ति समीकरणमा पोखरेल–कार्ड खेलेर प्रचण्ड वा माधव नेपाललाई सन्तुलनमा ल्याउने कोसिस जारी छ भन्ने कतिपय पछिल्ला घटनाक्रमले उजागर गरेका छन् ।