मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १२:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बजेट अर्धनिन्द्रामा लेखिएका भन्नु फ्रस्टेशनको संकेत : सांसद पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १२:५४:००

नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा आगामी आर्थिक बर्षको बजेटको विरोध गर्दा डा बाबुरामलाई फ्रस्टेसन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगत्तै बजेटबारे धारणा राखेका पाण्डेले भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताएका हुन् । भट्टराईले बजेटलाई अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो भनेका थिए । 

बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै पाण्डेले प्रतिवाद गरेका छन् । 

बजेट आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको पाण्डेले दाबी गरे । बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उनले उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने र क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।  अन्तरप्रदेश समन्वय गर्ने स्पष्ट कानुन र सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।