मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १२:२०:००
Read Time : > 1 मिनेट
समाचार

बजेट अर्धनिन्द्रामा लेखेको निबन्ध जस्तो : डा बाबुराम भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १२:२०:००

पुर्व प्रधानमन्त्री एवं नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैमाथि न्याय नगरेको बताए ।

अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको उल्लेख गरे । ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो,’ उनले भने् । 

बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको उनको भनाई थियो ुभयो । उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालु आर्थिक बर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए ।

संघीयता कार्यान्वयनको सिंगो पक्ष बाँकी नै रहेको तथा ‘संविधान संसोधनको औचित्य छैन सबै सहमत भईसके’ भन्नुले नीति तथा कार्यक्रममा सरकारको दम्भ देखिएको उनले बताए । व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको उनले दाबी गरे । उच्च परिमाणमा आन्तरिक तथा बाह्य लगानी परिचालन भएको भन्ने सत्य नभएको उनको टिप्पणी थियो ।

सन् २०३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको उनले बताए । अर्थतन्त्रको समस्याको संरचनात्मक कारण खोज्न ध्यान दिन उनले सुझाव दिए । मुलुकको भू राजनितिक प्रभावका बारेमा पनि विचार गरेर अर्थनीति बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले बैकबाट लिईने ऋणको एक अंकको व्याजदर कायम गर्ने तर्फ राज्यले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । जग्गामा दलालि गरि कमाउने प्रवृत्ति रोक्नका लागि रजिष्ट्रेशन शुल्क बढाउन र पैत्रिक सम्पत्तिमाथिको कर वृद्धि गर्न उनले सुझाव दिए ।