मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ बैशाख २९ आइतबार ११:४४:००
Read Time : < 1 मिनेट
प्रदेश

हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण तीव्र

Read Time : < 1 मिनेट
२०७६ बैशाख २९ आइतबार ११:४४:००

चैत १७ गते भएको विनाशकारी हुरीबाट प्रभावित भएकाहरूका लागि बारा र पर्सामा धमाधम नयाँ घर निर्माण हुँदै छ । प्रभावितहरूका लागि संघीय सरकारले कुल एक हजार चार सय ५३ घर निर्माण गर्दै छ । निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । 

२१ वैशाखमा शिलान्यास कार्यक्रम गरिएयता, निर्माणकार्य तीव्र गतिमा अघि बढेको सेनाले जनाएको छ । फेटा गाउँपालिका भलुही भरवलियाका पीडित राम सुरत दासले नेपाली सेनाले समयमै घर निर्माण गर्नेमा विश्वस्त रहेको बताए । ‘सरकारले प्रभावितहरूको घर निर्माणको जिम्मेवारी सेनालाई दिएकाले समयमै घर बन्ने आशा छ । अहिले धमाधम निर्माण कार्य भइरहेको छ,’ हुरीका कारण श्रीमती गुमाएका दासले भने ।

विनाशकारी हावाहुरीले जनधनमा ठूलो क्षति पुर्‍याएको थियो । अहिले प्रभावितहरू त्रिपालमा दैनिकी बिताउँदै छन् । भलुहीका स्थानीय गोखुल साहले हावाहुरीमा घर–परिवारका सदस्य गुमाएकाहरू अहिले त्रिपालकै भरमा रहेको बताए ।