Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2020
ad
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०६:१०:००
अर्थ

नबिल नारी उद्यमी ‘सिड क्याम्प’ हुने

नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०६:१०:००

नबिल बैंकले उद्यमी इनोभेसनको सहकार्यमा ‘नबिल नारी उद्यमी सिड क्याम्प’ आयोजना गर्ने भएको छ । पुल्चोकस्थित ‘इनोभेसन हाइभ’मा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत दुवै संस्थाका प्रतिनिधिले ‘नबिल नारी उद्यमी सिड क्याम्प’को आवेदन खुला गरेको जानकारी दिए ।

विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको उद्यमी सिड क्याम्पको यो महिला लक्षित संस्करण हो, जसमा कम्तीमा एक महिला सहसंस्थापक रहेको २ देखि ४ जनाको समूहले आफ्नो नवीन सोचसहित आवेदन दिन सक्ने बैंकको भनाइ छ ।

बैंकका अनुसार आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमी र दक्ष प्रशिक्षकले एक हप्ता लामो उद्यमशीलता विकास तालिम दिनेछन् ।

तालिमपछि सहभागी अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्नेछन् । यो संस्करणमा जम्मा २० वटा उत्कृष्ट व्यावसायिक योजना छनोट भई अर्को चरणमा जाने बताइएको छ ।

कार्यक्रम यहीँ बसेर केही गर्छु भन्ने सपना बाकेका युवाका लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर भएको नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहले बताए ।