नबिल बैंकले उद्यमी इनोभेसनको सहकार्यमा ‘नबिल नारी उद्यमी सिड क्याम्प’ आयोजना गर्ने भएको छ । पुल्चोकस्थित ‘इनोभेसन हाइभ’मा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत दुवै संस्थाका प्रतिनिधिले ‘नबिल नारी उद्यमी सिड क्याम्प’को आवेदन खुला गरेको जानकारी दिए ।
विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको उद्यमी सिड क्याम्पको यो महिला लक्षित संस्करण हो, जसमा कम्तीमा एक महिला सहसंस्थापक रहेको २ देखि ४ जनाको समूहले आफ्नो नवीन सोचसहित आवेदन दिन सक्ने बैंकको भनाइ छ ।
बैंकका अनुसार आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमी र दक्ष प्रशिक्षकले एक हप्ता लामो उद्यमशीलता विकास तालिम दिनेछन् ।
तालिमपछि सहभागी अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्नेछन् । यो संस्करणमा जम्मा २० वटा उत्कृष्ट व्यावसायिक योजना छनोट भई अर्को चरणमा जाने बताइएको छ ।
कार्यक्रम यहीँ बसेर केही गर्छु भन्ने सपना बाकेका युवाका लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर भएको नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहले बताए ।