प्रदेश
घरायसी विवादमा छोराद्वारा बाबुको हत्या
Read Time : < 1 मिनेट
२०७५ मङ्सिर २८ शुक्रबार १४:४५:००
विराटनगर महानगरपालिका १७ धुनिया बस्ती बस्ने २२ वर्षीय चुनु मण्डलले ५० वर्षीय बाबु शशि मण्डलको धारिलो हतियार प्रहार गरी बिहीबार राती हत्या गरेका हुन् ।
प्रहरीका अनुसार शशि मण्डलका जेठी श्रीमतीका छोरा २५ वर्षीया आकाश मण्डल र कान्छिका छोरा २२ वर्षीय चुनु मण्डल बीच घरायसी विादमा झगडा भएको थियो । सोही क्रममा झगडा मिलाउन आएका बाबु र दाजुलाई चुनुले धारिलो छुरा प्रहार गरेर घाइते बनाएका थिए । घाइते बाबु शशिको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । घाइते दाजुको भने उपचार भइरहेको छ ।
चुनुलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।