मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद पौडेलको प्रश्न– तस्करहरूलाई अनुकूल हुने गरी रुसका लागि श्रम स्वीकृति किन दिइयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसका लागि श्रम स्वीकृति दिएको विषयमा सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले मानव तस्करहरूलाई अनुकूल हुने गरी श्रम स्वीकृति दिएको आरोप लगाए।

रुसमा १८ घण्टा काम गरे पनि पैसा कमाउन सक्ने अवस्था नभएकाले नेपालीहरू अन्ततः सेनामा भर्ना हुन बाध्य हुने उनको भनाइ छ।

‘रुस गएर पैसा कमाइन्छ भन्ने कुरा झुटो हो। नेपालीले १८ घण्टा काम गर्दा पनि ४० हजारभन्दा बढी पैसा कमाउन सक्दैनन्। यहाँबाट प्रलोभन देखाएर त्यहाँ लगिन्छ। उता लगेपछि त्यस्तो काम हुँदैन, त्यस्तो कमाइ हुँदैन। अनि ती सबै मानिस बाध्यताबसवश सेनामा जान्छन्,’ पौडेलले भने, ‘यति नै वेला मानव तस्करहरूलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले श्रम स्वीकृति किन दियो ?’

रुसी सेनामा कति नेपाली छन् भन्ने विषयमा नेपाल सरकार बेखबर रहेको र खोजी गर्ने चेष्टासमेत नगरेको सांसद पौडेलको आरोप छ।

इजरायल आक्रमणका क्रममा हमासले बन्धक बनाएका विपिन जोशीको अहिलेसम्म अवस्था पत्ता लगाउन नसकेकोमा पनि उनले आलोचना गरे।