मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २८ शनिबार ०७:५०:००
Read Time : < 1 मिनेट
समाचार

भियतनामी उद्यमीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २८ शनिबार ०७:५०:००

प्रधानमन्त्री केपी ओलीले भियतनामका उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । भियतनाममा भ्रमणमा रहेका प्रधानमन्त्रीले शुक्रबार भियतनाम–नेपाल व्यवसाय मञ्चलाई सम्बोधन गरे ।

प्रधानमन्त्री ओलीले व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल–भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने बताए । यसले दुई मुलुकबीच व्यापारिक समुदायमा क्रियाकलाप बढाउने बताए ।

नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा मुलुकलाई समृद्ध बनाउन दृढ रहेको बताउँदै उनले दुई देशबीच बलियो सम्बन्ध विकास गर्ने बताए । ‘भियतनाममा डोई–मोई सुधार आरम्भ भएपछि ठूलो आर्थिक सुधार भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘युद्ध प्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यम आययुक्त मुलुक बन्ने भियतनामको संक्रमणले हामीलाई वास्तवमै अभिप्रेरित गरिरहेको छ ।’ उनले भियतनामको उदाउँदो अर्थतन्त्र चम्किलो ताराजस्तो देखिएको भन्दै यसमा सरकार र जनता दुवैको मिहिनेत रहेको उल्लेख गरे । (रासस)