मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २७ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलः धोनीले दिए दिल्लीलाई ब्याटिङको निम्तो, सन्दीप बेञ्चमै

Read Time : < 1 मिनेट
२०७६ बैशाख २७ शुक्रबार १९:३२:००

इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नाइ सुुपर किंग्सको सामना गर्दै छ । चेन्नाइका कप्तान महेन्द्रसिंह धोनीले टस जित्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएका छन् ।

क्वालिफायरमा दिल्ली र चेन्नाइबीच विशाखापट्टनममा हुने खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुने छ ।  दिल्लीले आज पनि सनराइजर्स हैदरावादविरुद्ध खेलेको टोली नै मैदानमा उतार्ने छ । नेपाली लेगस्पीनर सन्दीप लामिछाने फेरि पनि बेञ्चमा नै रहनेछन् ।

यसअघिको भेटमा दिल्लीले चेन्नाइसँग नराम्रो हार व्यहोरेको थियो । चेन्नाइको घरेलु मैदानमा १७९ रनको लक्ष्य पछ्याएको दिल्ली ९९ रनमा नै अलआउट भएको थियो । समूह चरणको पहिलो खेलमा पनि दिल्ली चेन्नाइसँग ६ विकेटले पराजति भएको थियो । 

समूह चरणमा दोस्रो स्थानमा यात्रा टुंग्याएको चेन्नाइ पहिलो क्वालिफायरमा मुम्बइ इन्डियन्ससँग हारेपछि दोस्रो क्वालिफायरमा आइपुगेको हो । तेस्रो स्थानको दिल्ली भने इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नाइसँग भेट गर्न आइपुगेको हो । आजको खेलमा जित हात पार्ने टोलीले आइतबार फाइनलमा मुम्बइसँग प्रतिस्पर्धा गर्ने छ ।