मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २७ शुक्रबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार

बेपत्ता बालकको शव दुई दिनपछि फेला 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २७ शुक्रबार १५:४१:००

दुई दिनदेखि सेती नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका ६ का लोेकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा शुक्रबार फेला परेको हो ।

उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगलबार लुयाँटाको गोठाली खेल (सुवेडा-लुयाँटा जोड्ने पुल) सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर बेपत्ता भएका थिए ।