मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २७ शुक्रबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार

महिला हिंसामा पीडित मैत्री बन्न नेपाल प्रहरीलाई आग्रह 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २७ शुक्रबार १४:०९:००

महिला हिंसामा पीडित मैत्री बन्न सरोकारवालाहरुले नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोग र नेपाल प्रहरीको संयुक्त आयोजनामा शुक्रबार विराटनगरमा आयोजित महिला हिंसा न्यूनिकरण तथा मानव अधिकार संरक्षण एंव सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता कार्यक्रममा सरोकारवालहरुले यस्तो आग्रह गरेका हुन । 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सिँगो प्रदेशलाई हिंसामुक्त प्रदेश बनाउने  अभियानमा सरकार लागि परेको बताउँदै पीडितहरुको लागि पुर्नस्थापना केन्द्र बनाउने बताए ।   

त्यस्तै, प्रदेश १ सभाकी उपसभामुख सरस्वती पोखरेलले महिला हिंसा न्युनिकरणमा प्रहरीले सहयोग पुरयाए पनि पीडित मैत्री हुन नसक्दा चाहेजती न्याय दिलाउन प्रहरी सफल हुन नसकेको बताइन ।  

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले महिला हिंसा न्यूनिकरणमा प्रहरीले अनुसन्धान, प्रमाण संकलन बैकल्पिक प्रबृत्तीको चरित्र निरुत्साहित गर्न र पीडितको क्षतिपूर्ति र संरक्षणमा चनाखो हुन आग्रह गरिन ।  

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सवै प्रकारको हिंसालाई अन्त्य गर्दै मुलुकमा सुशसान कायमगर्न नेपाल प्रहरीले कार्य गरिरहेको  बताए । उनले हिंसाको अन्तर मानव अधिकारको संरक्षणको लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजसँग आग्रह गरे ।