Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख २७ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेतृत्वकाे युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २७ शुक्रबार ११:१५:००

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्ली शर्मा पक्राउ परेका छन् । 

प्रहरीले चौरजहारी नगरपालिका ५ सल्लीबोटबाट शर्मालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । प्रहरी टोली पुग्दा उनी भाग्न खाजेपछि दुई राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । 

नियन्त्रणमा लिने क्रममा शर्माले प्रहरी माथि नै आक्रमण गरेको उनले बताए । त्यस क्रममा एकजना प्रहरी घाइते भएको र शर्मालाई पनि सामान्य चोट लागेको खड्काले जनाए । ‘जिल्लाभरी चन्दा आतंक मच्चाएको र विकास निर्माणका काममा पनि अवरोध गरेको सुचना पाएपछि खोजी गरेका थियौ,’ उनले भने, ‘पक्राउ गर्न खोज्दा उनि भाग्न खोजेपछि हवार फायर गर्नुपरेको हो ।’