मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार २२:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

अनुष्का श्रेष्ठले पहिरिन ‘मिस नेपाल २०१९’को ताज  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार २२:४७:००

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारेकी छन् । त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् ।