१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ सरकारको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार १९:१४:००

प्रदेश ५ सरकारले सबै कर्मचारीलाई प्रतिवद्धता पत्र भराउनु पर्ने निर्णय कार्यान्वयन हुन सकेकाे जानकारी गराएकाे छ । मन्त्रिपरषदको पहिलो बैठकले प्रदेशमा आउने सबै कर्मचारीलाई प्रतिवद्धता पत्र भराएर सपथ गराउने निर्णय गरेको थियो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव बसन्त अधिकारीले कर्मचारी समायोजन र  व्यवस्थापनका कामले गर्दा सो निर्णय कार्यान्वयन हुन नसकेको बताए । प्रतिवद्धता पत्रमा ‘पदीय हैसियतले गर्ने काम मन वचन र कर्मले इमान्दारी पूर्वक गरी प्रदेशमा सुशासन कायम गर्न र सम्वृद्ध प्रदेश बनाउन लागि पर्ने छु’ भन्ने थियो ।

मन्त्री तथा सचिवले सुरुमै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरे पनि सबै कर्मचारीले गरेका छैनन् । प्रदेश सरकारले प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने पद्दतीले काम गर्न सकरात्मक मनोविज्ञान तयार पार्ने विश्वास लिएको थियो ।