१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १२:११:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणको शिलान्याश (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १२:११:००

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको बिहीबार शिलान्याश गरेका छन् । सुन्धारामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहान ११ बजे धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा ४३ महिनापछि पुनर्निर्माणको औपचारिक काम सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा निर्माणको कार्य अघि बढेको हो।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थित रहेको थियो । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका